खै के नाउँ दिउ यो सम्बन्धको

खै के नाउँ दिउ यो सम्बन्धको हरेक परिस्थितीलाई स्वीकार गर्दै 

खै के नाउँ दिउ यो सम्बन्धको
खै के नाउँ दिउ यो सम्बन्धको
हरेक परिस्थितीलाई स्वीकार गर्दै 
अघि बढ्दै बढदै  भौतारिएकी म
कुन बेला तिमीसँग ठोकिए  
पत्तै पाइनँ । 
मौनतासँग रमाउने तर चञ्चले 
नजिकका व्यक्तिसँग जिस्किने 
अनि बचपना देखाउन पनि
उतिकै खपिस मुन्छे
तर तिम्रो सामु खै किन शब्दविहीन हुन्छु पत्तै भएन।
खै कहाँ हराउथे ति बचपना 
ती चञ्चले पन 
अनि सोच्थे को हौ तिमी मेरा लागि 
अनि को थिए म तिम्रा लागि
फेसबुकबाट मिठा मिठा गफिन्थ्यौं
दुख सुखका सबै कुरा साटिन्थ्यौं
अनि भविष्यका लागि 
सुन्दर योजना सुनिन्थ्यो र सुनाइन्थ्यो
तर भेट्दा न त खुलेर नै बोलिन्थ्यो 
न त दोहोरो नै कुरा
न त नजिक बस्ने साहस 
तिम्रा सामु खै कहाँ जान्थे ती आट
 अनि केवल गरिन्थ्यो औपचारिक कुरा 
सुनिन्थ्यो अरु साथीको कुरा
अनि तिमी गफिन्थ्यौ अरुसँग
अनि म.. म पनि उस्तै अरुसँग
हुन्थे होला कयौं कतुहलता
 कयौँ प्रश्नहरु
 कयौँ जवाफ
तर न तिमीले नै कहिल्यै खोल्यौ न त मैल नै
बस थिए मौनता, मौनता अनि मौनता  
तर किन  थाहै पाइन।।
अनि गहिरिएर सोच्न बाध्री भए को हौ तिमी मेरो लागि
सामान्य या खास मान्छे तिमी मेरो लागि 
अनि के नाउ दिउ यो हाम्रो सम्बन्धलाई

कस्तो छ ?

like

dislike

love

funny

angry

sad

wow